Wednesday, March 18, 2026
Home > मुख्य समाचार > रास्वपा अराजक छविबाट बाहिरिनुपर्छ : रवि लामिछाने

रास्वपा अराजक छविबाट बाहिरिनुपर्छ : रवि लामिछाने

काठमाडौं, चैत ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले पार्टी अब अराजक छविबाट बाहिर निस्कनुपर्ने बताएका छन्।

नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले अनुशासन, एकता र जिम्मेवार अभिव्यक्तिमा जोड दिए। उनले सांसदहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न आग्रह गरे।

लामिछानेले कानुन निर्माणमार्फत जनताको जीवनमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्दै मिडियामा बोल्दा पनि जिम्मेवारीपूर्वक प्रस्तुत हुन चेतावनी दिए। साथै, सामाजिक सञ्जालमा हुने असहिष्णु व्यवहार अन्त्य गर्न समर्थकहरूलाई अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *