Sunday, March 15, 2026
Home > मुख्य समाचार > रास्वपा सचिवालय बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा

रास्वपा सचिवालय बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बिहान १० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ।

बैठकमा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली टुङ्गो लगाउने मुख्य एजेन्डा रहेको छ। निर्वाचन आयोग ले सूची बुझाउन आजसम्मको समयसीमा तोकेपछि पार्टीले आजै नाम सिफारिस गर्ने तयारी गरेको हो।

बैठकमा संसदीय दलको नेता चयनका विषयमा पनि छलफल हुने बताइएको छ। यसअघि शनिबारका लागि बोलाइएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि स्थगित गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *