काठमाडौं — रास्वपा सभापति रवि लामिछाने चुनावको धपेडीपछि अस्वस्थ बनेका छन्। उनका प्रमुख स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछाने केही दिनदेखि ज्वरो र पिसाबमा संक्रमणको समस्या भोग्दै आएका छन् र नियमित औषधि सेवन गरिरहेका छन्।
चिकित्सकको सल्लाह अनुसार उनले अझै एक–दुई दिन घरमै आराम गर्नुपर्ने अवस्था छ।
हिजो भावी प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह लामिछानेलाई निवासमै भेट्न पुगेका थिए। स्रोतका अनुसार नेताद्वयबीच समानुपातिक उम्मेदवार छनोट र आगामी मन्त्रीपरिषद गठनसम्बन्धी सामान्य छलफल भएको थियो।


