Sunday, March 15, 2026
Home > मुख्य समाचार > रास्वपा: सरकार बनाउन करिब १० दिन लाग्ने, मन्त्री नामबारे औपचारिक छलफल भएको छैन

रास्वपा: सरकार बनाउन करिब १० दिन लाग्ने, मन्त्री नामबारे औपचारिक छलफल भएको छैन

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आगामी सरकारले बनाउने मन्त्रीको नामबारे कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेका छन्।

झाका अनुसार समानुपातिक सांसद टुंगिएपछि निर्वाचन आयोगले प्रमाणपत्र दिएर औपचारिक छलफल सुरु हुनेछ। उनले आफू दोहोरिने सांसद भएकाले राजनीतिक अपेक्षा स्वाभाविक भए पनि कुनै मन्त्रालयगत दाबी नराखेको बताए।

झाले भने, “अहिले मुख्य ध्यान नेताहरूको स्वास्थ्य र आधारभूत प्रक्रिया टुंग्याउनेमा छ, पाउने मन्त्रालय र जिम्मेवारी त्यसपछि तय हुने कुरा हुन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *