Tuesday, March 17, 2026
Home > मुख्य समाचार > रास्वपा सांसदको अभिमुखीकरण आजदेखि

रास्वपा सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौं, ३ चैत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको अभिमुखीकरण कार्यक्रम आजदेखि सुरु भएको छ।

पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रम बुधबारसम्म काठमाडौंमा सञ्चालन हुनेछ। अभिमुखीकरण ललितपुरस्थित एक होटेलमा आयोजना गरिएको छ।

कार्यक्रममा सहभागी हुन सांसदहरू काठमाडौं आइसकेका छन्। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जितेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *