काठमाडौं — राहदानी विभाग ले प्रणाली अद्यावधिक गर्ने क्रममा राहदानी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ।
विभागका अनुसार पुरानो प्रणाली हटाएर नयाँ जडान गर्ने क्रममा जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमार्फत दिइने सेवा १ देखि ३ दिनसम्म बन्द हुन सक्छ। विभागबाटै दिइने सेवा भने करिब एक सातासम्म प्रभावित हुन सक्ने बताइएको छ।
नयाँ प्रणाली स्थिर हुन १ देखि ३ महिनासम्म लाग्न सक्ने भएकाले राहदानी तयार हुन अहिलेभन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ। आगामी पाँच महिनाभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई समयमै सेवा लिन आग्रह गरिएको छ।


