नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने क्रममा फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब २८ लाख ७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
पौडेलले सबैभन्दा बढी खर्च सवारी साधन भाडा र इन्धनमा ८ लाख ९७ हजार रुपैयाँ गरेका छन्। अन्य खर्चमा प्रचारप्रसार ८ लाख ३४ हजार, कार्यालय सञ्चालन २ लाख ६४ हजार, विविध खर्च २ लाख २२ हजार, छपाइ १ लाख ९० हजार, एसएमएस प्रचार १ लाख ७५ हजार लगायत खर्च समावेश छन्।
निर्वाचन आयोगले रुपन्देहीका निर्वाचन क्षेत्रमा उम्मेदवारले अधिकतम २९ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको थियो।

