रौतहटको चन्द्रपुर क्षेत्रमा स्वाइन फिभरका कारण बङ्गुर मर्न थालेका छन्।
चन्द्रपुर–५ मा १४ र चन्द्रनिगाहपुर–४ मा १ बङ्गुर मृत्यु भएको छ। नगरपालिकाले खोप लगाउने घोषणा गरे पनि हाल खोपको अभाव छ।
रोग संक्रमित बङ्गुर वा त्यससँग सम्पर्कमा आएका पशुबाट फैलने बताइएको छ।


