Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > लालीगुराँस टिप्न रोक, उल्लंघन गरे कारबाही

लालीगुराँस टिप्न रोक, उल्लंघन गरे कारबाही

गोरखाका सिरानचोक गाउँपालिका र अजिरकोट गाउँपालिका ले लालीगुराँस टिप्न तथा बोट–विरुवामा क्षति पुर्‍याउने कार्यमा रोक लगाएका छन्।

सिरानचोककोट, श्रीनाथ मण्डली, चित्रेपोखरी तथा अजिरकोटका विभिन्न क्षेत्रमा फूल टिप्ने, हाँगा भाँच्ने गतिविधि बढेपछि यस्तो आग्रह गरिएको हो।

वसन्त ऋतुमा फुलेका लालीगुराँसले पर्यटक आकर्षित गरिरहेका बेला प्राकृतिक सौन्दर्य जोगाउन नियम उल्लंघन गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *