Thursday, March 19, 2026
Home > राष्ट्रिय समाचार > विदेशमा पढाइ छाडेका विद्यार्थीले बाँकी शुल्क नेपालमै तिर्नुपर्ने सर्वोच्चको फैसला

विदेशमा पढाइ छाडेका विद्यार्थीले बाँकी शुल्क नेपालमै तिर्नुपर्ने सर्वोच्चको फैसला

काठमाडौँ — सर्वोच्च अदालतले विदेशी विश्वविद्यालयमा भर्ना भएर अध्ययन पूरा नगरेका नेपाली विद्यार्थीले नेपालमै बाँकी शुल्क तिर्नुपर्ने नजिर कायम गरेको छ।

ललितपुरका सनोज तुलाचन सन् २०१२ मा बेलायतको वारविक विश्वविद्यालयमा भर्ना भए तर २०१३ मा अध्ययन पूरा नगरी फर्किएका थिए। विश्वविद्यालयले ८,४८७ पाउण्ड (करीब ११ लाख ३७ हजार रुपैयाँ) तिर्न आग्रह गर्दा उनले तिर्न अस्वीकार गरे।

तर, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनले विश्वविद्यालयको तर्क मान्दै तुलाचनले शुल्क बुझाउनुपर्ने फैसला गर्‍यो। सर्वोच्चले पनि विदेशी कानून उल्लेख भए पनि नेपालमै मुद्दा दायर गर्न सकिने ठहर गर्दै पूर्व फैसला पुष्टि गरेको छ।

सर्वोच्चले निर्णयमा भन्यो कि करार अनुसार विद्यार्थीले केही अवधि अध्ययन गरेका र शुल्क तिर्न प्रतिबद्धता जनाएको भए, उनी करारीय दायित्वबाट मुक्त हुने छैनन्। यो फैसलाले विदेशमा अध्ययन छाडेर आएका विद्यार्थीसँग सम्बन्धित शुल्क नेपालबाटै असुल गर्न सकिने नजिर कायम गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *