Wednesday, March 18, 2026
Home > अन्तराष्ट्रिय समाचार > विद्युतीय कारमा आगलागी भएर ७ जनाको मृत्यु

विद्युतीय कारमा आगलागी भएर ७ जनाको मृत्यु

एजेन्सी । भारतको मध्य प्रदेश, इन्दौर मा बुधबार बिहान विद्युतीय कारमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार सर्ट सर्किटका कारण चार्जिङ पोइन्टमा आगो लागेको थियो, जसले घरभित्र फैलिंदै ग्यास सिलिन्डर विस्फोट गरायो। घटना बंगाली स्क्वायर नजिकै पुगलिया परिवारको घरमा भएको थियो।

स्थानीय प्रहरी र आपतकालीन टोलीले आगो नियन्त्रणमा लिएका छन् र घाइतेहरूको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *