Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > वीर अस्पतालमा चैत १६ देखि क्यान्सरको निःशुल्क परीक्षण सुरु

वीर अस्पतालमा चैत १६ देखि क्यान्सरको निःशुल्क परीक्षण सुरु

काठमाडौं — वीर अस्पताल मा चैत १६ गतेदेखि महिलाका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु हुने भएको छ। काठमाडौँ महानगरपालिका र अस्पतालबीच भएको सम्झौताअनुसार कार्यक्रम सञ्चालन गरिनेछ।

३० देखि ६० वर्ष उमेर समूहका महिला, गत वर्ष छुट भएका र पोजेटिभ देखिएका महिलालाई लक्षित गरी दैनिक १००–१२० जनासम्म परीक्षण गरिने योजना छ।

परीक्षणअघि नजिकको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा नाम दर्ता गरी रेफरल स्लिप लिनुपर्नेछ। प्रारम्भिक जाँचमा शंका लागेमा अल्ट्रासाउन्ड, मेमोग्राफी तथा एचपीभी डीएनए परीक्षणसमेत गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *