काठमाडौं — नेपाली स्पिनर सन्दीप लामिछाने बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन्। उनलाई लिइज रेड लायन्सले ड्राफ्टअघि नै टोलीमा अनुबन्ध गरेको हो।
क्लबले सन्दीपलाई “मिस्ट्री स्पिनर” भन्दै स्वागत गर्दै नयाँ सिजनमा टोलीलाई बलियो बनाउने विश्वास व्यक्त गरेको छ। प्रतियोगिता आगामी जुन ६ देखि १४ सम्म सञ्चालन हुनेछ।


