काठमाडौँ — बालेन्द्र साह नयाँ सरकार गठनको तयारीमा पूर्ण रूपमा केन्द्रित भएका छन्। मन्त्रिपरिषद् गठनका लागि आन्तरिक छलफल तीव्र बनाएका कारण उनी आज पनि पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी नहुने सम्भावना देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बलियो बहुमतसहित सरकार बनाउने तयारी गरिरहँदा बालेनले सानो तर दक्ष टोली निर्माण गर्ने रणनीति अपनाएका छन्। स्रोतका अनुसार, उनी मन्त्री चयन र सरकारको संरचना तय गर्न निरन्तर छलफलमा छन्।


