काठमाडौं — पाकिस्तानका पूर्वकप्तान सरफराज अहमद ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
३८ वर्षीय सरफराजले करिब दुई दशक लामो क्रिकेट करियरको अन्त्य गरेका हुन्। उनको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो।
सरफराजले पाकिस्तानका लागि ५४ टेस्ट, ११७ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।


