काठमाडौं — नेपाली बजारमा आज सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँ पुगेको छ।
हिजो सुन तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यसैबीच, आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर तोलाको ५ हजार २६५ रुपैयाँ कायम भएको छ।


