काठमाडौँ — नेपाली बजारमा आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्ला दिनमा सुनको मूल्यमा उतारचढाव देखिएको छ।
यस हप्ताको आइतबार सुन तोलाको ३ लाख १६ हजार ९०० रुपैयाँ थियो। सोमबार ३ हजार ७०० रुपैयाँले घटेको सुन त्यसपछि क्रमशः बढेर हिजो २ हजार रुपैयाँले उकालो लागेको थियो।
आज चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा २०५ रुपैयाँले घटेर ५ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।


