काठमाडौं — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ एकैदिन तोलामा ५,४०० रुपैयाँ घट्दै ३ लाख २ हजार ३०० रुपैयाँमा झरेको छ।
अघिल्लो दिन ३ लाख ७ हजार ७ सय रुपैयाँ रहेको सुन केही सातायता निरन्तर घट्दो क्रममा छ।
त्यस्तै, चाँदीको भाउ पनि १४० रुपैयाँ घटेर तोलाको ५ हजार १० रुपैयाँ कायम भएको छ।


