तेहरान — स्ट्रेट अफ होर्मुज अवरुद्ध हुँदा खाडी मुलुकहरूमा खाद्य आपूर्ति प्रभावित भएको छ र मूल्य वृद्धि भएको छ।
बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स लगायतका देशमा मासु र ताजा खाद्य सामग्रीको मूल्य विशेषगरी बढेको छ। हवाई र समुद्री ढुवानीमा अवरोध र वैकल्पिक मार्गको प्रयोगले आपूर्ति लागत बढाएको छ।
विश्लेषकहरूले युद्ध दीर्घकालीन भए खाद्य सुरक्षा चुनौती बढ्ने चेतावनी दिएका छन्।


