काठमाडौँ — निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले स्थानीय तह र प्रदेशसभा सदस्यको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन्। यसले निर्वाचन खर्च घटाउने र प्रक्रिया प्रभावकारी हुने उनको तर्क छ।
भण्डारीका अनुसार, स्थानीय तहको निर्वाचन आगामी १३–१४ महिनाभित्र र प्रदेशसभा निर्वाचन २०८४ मंसिरमा हुनुपर्ने छ। तर हालको कानुनले संयुक्त निर्वाचन सम्भव नभएकाले आयोगले तयार पारेको निर्वाचन व्यवस्थापन विधेयक संसद्ले यथाशिघ्र पारित गर्नुपर्ने बताए। उनले विधेयक समयमै नपारित भए २०८४ को निर्वाचन पनि वर्तमान ढाँचामा सीमित हुने चेतावनी दिए।
साथै, उनले नवनिर्वाचित सांसदहरूलाई भदौ २३–२४ को जेनजी आन्दोलनले प्रभावित समाजलाई पुनःस्थापना गर्न पहल गर्न आग्रह गरेका छन्।


