Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > स्याङ्जामा नकवजनी चोरीका फरार प्रतिवादी पक्राउ

स्याङ्जामा नकवजनी चोरीका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । स्याङ्जा जिल्ला अदालतले नकवजनी चोरी मुद्दामा दोषी ठहर गरेको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पुतलीबजार नगरपालिका–१४ का ३८ वर्षीय नारायण लामिछानेलाई बुधबार नियन्त्रणमा लिइएको हो। अदालतले उनलाई चोरीको कसुरमा २२ दिन कैद र ६ हजार रुपैयाँ जरिवाना सुनाएका थिए।

फैसला कार्यान्वयन नगरी फरार रहेका लामिछानेलाई प्रहरीले पुतलीबजार–१ स्थित प्रगतिनगरबाट फेला पारी अदालतमा पेश गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *