Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने निर्णय विवादमा

स्वकीय सचिवलाई प्रकृति संरक्षण कोषको अध्यक्ष बनाउने निर्णय विवादमा

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय विवादमा परेको छ।

प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई पाँच वर्षका लागि अध्यक्षमा मनोनित गरेपछि अभियन्ता र विभिन्न व्यक्तिहरूले नातावाद भएको भन्दै आलोचना गरेका छन्।

जेन–जी फ्रन्टकी संयोजक रक्षा बम र पूर्वमन्त्री महावीर पुनले पनि सामाजिक सञ्जालमार्फत निर्णयको विरोध गर्दै यसले गलत नजिर बसाल्ने टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *