Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > स्वास्थ्य बीमा अब एनआईडीसँग जोड्दै डिजिटल हुने

स्वास्थ्य बीमा अब एनआईडीसँग जोड्दै डिजिटल हुने

काठमाडौं — स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य गर्दै स्वास्थ्य बीमालाई डिजिटल बनाउन लागेको छ। अब स्वास्थ्य बीमाको दर्ता, नवीकरण र सेवा एनआईडी नम्बरमा आधारित हुनेछन्। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सहकार्यपछि दोहोरो दर्ता कम हुने, डाटा प्रमाणीकरण सजिलो हुने र कार्डको दुरुपयोग घट्ने अपेक्षा गरिएको छ। बोर्डले चैत २५ भित्र नयाँ दर्ता अनलाइनमार्फत गर्ने लक्ष्य राखेको छ। डिजिटल प्रणाली लागू भएपछि नागरिकले स्वयं अनलाइन स्वास्थ्य बीमामा आबद्ध वा नवीकरण गर्न सक्नेछन् र भविष्यमा बायोमेट्रिक प्रमाणीकरण पनि लागू हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *