काठमाण्डौ – बजारमा ग्यास अभाव भइरहेकै बेला ललितपुर–हरिसिद्धिमा श्रीराम ग्यासको गोदाममा ६ हजार ६ सय ७७ वटा भरिएका ग्यास सिलिन्डर लुकाएर राखिएको पाइएको छ। नेपाल आयल निगम र वाणिज्य विभागको आकस्मिक अनुगमनमा सिलिन्डर फेला परेको हो।
वाणिज्य विभागले उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गर्दै गोदाममा रहेका सबै सिलिन्डर तुरुन्तै बजारमा पठाउन निर्देशन दिएको छ। विभागका अनुसार यस किसिमको सञ्चयले कृत्रिम अभाव सिर्जना गर्न खोजिएको संकेत गर्छ।
उद्योगको दाबी छ कि आधा सिलिन्डर बिक्रीको नयाँ निर्देशन अघि नै यी सिलिन्डर भरिसकिएका थिए र बजारमा पठाउन कानूनी बाध्यता थिएन।


