अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ खोल्न चीनले सहयोग नगरे आफ्नो चीन भ्रमण ढिला गर्ने चेतावनी दिएका छन्।
फेब्रुअरी २८ मा अमेरिका–इस्राएलको संयुक्त आक्रमणपछि इरानले यो महत्वपूर्ण जलमार्ग बन्द गरेको थियो, जसले विश्व तेल आपूर्तिमा करिब २५% र ग्यासमा २०% हिस्सा असर पारेको छ।
ट्रम्पले विश्व अर्थतन्त्रमा असर नपरोस् भनी चीन, बेलायतलगायत देशलाई युद्धपोतमार्फत हर्मुज खोल्न आग्रह गरेका छन्। तर चीनको सहयोग सम्भावना कम देखिएको कारण ट्रम्पले सम्मेलन अघि नै दबाव दिन र आफ्नो भ्रमण स्थगित गर्ने तयारीको संकेत दिएका छन्।


