Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरी आमाको मृत्यु

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरी आमाको मृत्यु

जुम्लामा सुत्केरी भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएकी एक आमाको उपचारका क्रममा मृत्यु भएको छ। तिला गाउँपालिका–३ की १८ वर्षीया अस्मिता नेपालीको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार हुँदै गर्दा राति १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

घरमै सुत्केरी गराउने प्रयासका क्रममा लामो समय व्यथा लागेर अवस्था जटिल भएपछि उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको थियो। त्यहाँ शल्यक्रिया गरिएपछि थप समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *