काठमाडौं — बङ्गलादेशविरुद्धको दोस्रो एकदिवसीय खेलमा रन आउट भएपछि हेल्मेट र पञ्जा मैदानमा फ्याँकेको आरोपमा आईसीसीले पाकिस्तानी ब्याटर सलमान अली आगालाई जरिवाना गर्दै डिमेरिट अंक दिएको छ।
मिरपुरमा भएको खेलमा ६४ रन बनाएर आउट भएपछि उनले आक्रोश व्यक्त गरेका थिए। उक्त खेलमा पाकिस्तानले बङ्गलादेशलाई डकवर्थ–लुइस नियमअनुसार १२८ रनले हराएको थियो।


