देशभर ११ जना महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले आफ्नो नेतृत्वमा आमनिर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराएका छन्। हिमाली र दुर्गम भूगोलबीच पनि प्रशासन, सुरक्षा निकाय र स्थानीय तहको समन्वयमा मतदान प्रक्रिया सञ्चालन गरिएको हो।
मुस्ताङकी प्रजिअ अजिता शर्माले हिमपात र कठिन भूगोलका चुनौतीका बीच ४० मतदान केन्द्रमा निर्वाचन सम्पन्न गराएकी छन्। केही स्थानमा बाक्लो हिउँका कारण आवतजावत प्रभावित भए पनि समन्वय गरेर समस्या समाधान गरिएको उनले बताइन्।
हिमाली जिल्लामा चुनौती भए पनि मतदाताको सहभागिता उत्साहजनक देखिएको प्रशासनले जनाएको छ।


