काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलब दिने प्रलोभनमा ग्रीस पठाइदिन्छु भन्दै रु २५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
मोरङको पथरी–शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय सम्योग राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–१३ बाट नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ।


