Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > ३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त, उपनिर्वाचनमा अन्योल

३० भन्दा बढी जनप्रतिनिधिको पद रिक्त, उपनिर्वाचनमा अन्योल

काठमाडौं — हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका कारण देशभर ३० भन्दा बढी स्थानीय तह र प्रदेश सभा सदस्यको पद रिक्त भएको छ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन गर्ने कि नगर्ने विषयमा अझै ठोस निर्णय भएको छैन। स्थानीय तह र प्रदेश सभामा पदावधि एक वर्षभन्दा बढी बाँकी रहँदा मात्र उपनिर्वाचन गर्न सकिने प्रावधान छ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह सहित विभिन्न नगर र गाउँपालिकाका पद खाली छन्। नयाँ सरकार गठनपछि मात्रै उपनिर्वाचनको मिति घोषणा हुने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *