काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ।
शवदाह मेसिन खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। आरोप अनुसार करिब ३२ लाख रुपैयाँ पर्ने मेसिनलाई १ करोड ५२ लाख रुपैयाँ देखाई खरिद गरिएको र सार्वजनिक खरिद प्रक्रिया मिचिएको दाबी गरिएको छ।
उक्त प्रकरणमा प्रतिवादीहरूसँग १ करोड ८२ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टसहितको इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।

