काठमाडौँ । इरानका खेलकुदमन्त्री अहमद डोन्यामालीले आफ्नो देशले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने बताएका छन्।
अमेरिकाले इजरायलसँग मिलेर इरानमाथि हवाई आक्रमण गरेपछि खेलाडीहरूको सुरक्षा सुनिश्चित गर्न नसकिने भएकाले विश्वकप नखेल्ने निर्णय लिनुपरेको उनको भनाइ छ।
यस विषयमा इरानी फुटबल संघ र फिफाले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्। ४८ टोली सहभागी हुने विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुँदैछ।


