Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > ओली: निर्वाचन परिणाम जनताको फैसला, शिरोधार्य गर्छौँ

ओली: निर्वाचन परिणाम जनताको फैसला, शिरोधार्य गर्छौँ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा अपेक्षा अनुसारको परिणाम नआएको स्वीकार गर्दै जनताको निर्णय शिरोधार्य गर्ने बताएका छन्।

ओलीले सामाजिक सञ्जालमा मतदातालाई धन्यवाद दिनुहुँदै भने, “जनताको मतलाई पूर्णसम्म स्वीकार्छु। कठिन परिस्थितिमा हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता र समर्थकप्रति हार्दिक धन्यवाद।”

उनले निर्वाचन परिणामले पार्टीको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने भन्दै, “हामी जनताको बीचमै रहनेछौँ र विश्वासलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *