२८ फागुन, काठमाडौं । काठमाडौंको वायु गुणस्तर अझै सुधार हुन सकेको छैन र आज पनि अस्वस्थको तहमा छ।
स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान ६:१७ बजे वायु गुणस्तर सूचकांक (AQI) १८५ मापन भएको छ, जुन १५१–२०० अस्वस्थको दायरामा पर्छ।
संसारका सहरहरूसँग तुलना गर्दा काठमाडौं अहिले अस्वस्थ सहरमध्ये छैटौं स्थानमा रहेको छ। सरोकारवालाले बाहिर निस्किँदा मास्क लगाउन सबैलाई आग्रह गरेका छन्।


