Friday, March 13, 2026
Home > आर्थिक समाचार > शेयर बजार झन्डै २४ अङ्कले बढ्यो

शेयर बजार झन्डै २४ अङ्कले बढ्यो

काठमाडौँ — लगातार दुई दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ। नेप्से परिसूचक आज २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ।

आज बैंकिङ समूह सबैभन्दा धेरै, करिब २%ले बढेको छ। साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका शेयर १०% बढेर सकरात्मक सर्किटमा पुगेका छन्। अरू तीन कम्पनीका शेयर पनि ९% भन्दा बढीले बढेका छन्।

नेप्सेसँग आज कारोबार रकम पनि बढेको छ। ३३५ कम्पनीका ४ करोड १६ लाख कित्ता शेयर १४ अर्ब ५५ करोड रुपैयाँमा किनबेच भएका छन्, जुन हिजोको १३ अर्ब १८ करोड रुपैयाँभन्दा बढी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *