Thursday, March 12, 2026
Home > विराटनगर समाचार > प्याब्सन विराटनगरलाई सम्मान

प्याब्सन विराटनगरलाई सम्मान

विराटनगर — जिल्ला प्रशासन कार्यालय मोरङ ले प्रतिनिधिसभा निर्वाचनका क्रममा मतपेटिका संकलनमा सहयोग पुर्‍याएको भन्दै प्याब्सन विराटनगर लाई सम्मान गरेको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल ले सम्मान प्रदान गरेका हुन्। निर्वाचनका बेला प्याब्सनले विराटनगर क्षेत्रमा मतपेटिका संकलनका लागि ३३ वटा सवारीसाधन उपलब्ध गराएको जनाएको छ।

प्रजिअ कट्टेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन विभिन्न क्षेत्रबाट महत्वपूर्ण सहयोग पुगेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *