विराटनगर, फागुन २९ — नेकपा एमाले धनकुटाले चुनावमा अन्तर्घात गरेको आरोपमा साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई पार्टीबाट निष्कासन गरेको छ। जिल्ला कमिटी बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ।
पार्टीका अनुसार राई लामो समयदेखि सम्पर्कमा नरहेको र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा भोट मागेको आरोप लागेको छ। भीम राई संयोजक रहेको छानबिन समितिको सिफारिसका आधारमा कारबाही गरिएको एमाले धनकुटाले जनाएको छ।


