Saturday, March 14, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने व्यवस्था संशोधन गर्ने तयारी गरेको छ। संशोधनपछि प्रत्यक्ष र समानुपातिकतर्फका सांसदमध्ये ५० प्रतिशत मत प्राप्त गर्ने व्यक्ति दलको नेता बन्ने व्यवस्था गरिने बताइएको छ।

पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। हालका सभापति रवि लामिछाने नेतृत्वको पार्टीले समानुपातिक सांसदहरूको टुंगो लागेपछि नेता चयन प्रक्रिया अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *