जेरुसलेम — इजरायली वायुसेनाले पछिल्लो २४ घण्टामा इरानका पश्चिमी र मध्य क्षेत्रमा २०० भन्दा बढी सैन्य र रणनीतिक लक्ष्यमा आक्रमण गरेको छ। आक्रमणमा ब्यालिस्टिक मिसाइल प्रणाली, हवाई प्रतिरक्षा संयन्त्र र युद्ध उत्पादन स्थलहरू लक्षित भएका थिए।
आइएएफका अनुसार ‘रोअर अफ द लायन’ अभियान अन्तर्गत इजरायलतर्फको सम्भावित मिसाइल आक्रमण घटाउने उद्देश्यले तीव्र हवाई उडान सञ्चालन गरिएको हो। आक्रमणमा इमाम हुसेन डिभिजनका वरिष्ठ कमान्डर अली मुस्लिम तबाजा, हिजबुल्लाह कमान्डर अबु धर मोहम्मदी र रादवान फोर्सका ६० भन्दा बढी नियन्त्रण केन्द्र नष्ट भएका छन्।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको रणनीतिक संरचना र आतङ्ककारी समूहविरुद्ध आवश्यक परे कारबाही जारी राख्ने चेतावनी दिएका छन्।


