Sunday, March 15, 2026
Home > मुख्य समाचार > रास्वपाले समानुपातिक सांसद ५७ जनाको नाम टुंग्यायो

रास्वपाले समानुपातिक सांसद ५७ जनाको नाम टुंग्यायो

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ सांसदको नाम चयन गरेको छ। सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी नाम प्रस्ताव गर्दै निर्वाचन आयोगमा पठाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

क्लस्टरअनुसार खस आर्य १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेशी ९ र थारु ४ जनाको नाम समावेश गरिएको छ। नाम आयोगले रुजु नगरेसम्म सार्वजनिक नहुने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *