Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > रूकुम पश्चिममा झोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु

रूकुम पश्चिममा झोलुंगे पुलबाट हामफालेका किशोरको मृत्यु

दाङ, १ चैत २०८२ – रूकुम पश्चिमका १७ वर्षीय महेन्द्र वलीको झोलुंगे पुलबाट हामफालेर मृत्यु भएको छ। त्रिवेणी गाउँपालिका-१० टोड्केका वली शनिवार दिउँसो ३ बजे मुसिकोट नगरपालिका-१ बराहटाकुरास्थित झोलुंगे पुलबाट झन्डै २०० मिटर तल हाम फाले। घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

वली कक्षा १२ का विद्यार्थी थिए र हाम फाल्नुअघि सामाजिक सञ्जालमा स्ट्याटस लेखेर आफ्नो परिवारसँग माफी मागेका थिए। घटनाबारे अनुसन्धान जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *