काठमाडौं, १ चैत २०८२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसदका लागि ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि यी नाम सार्वजनिक गरेका हुन्।
सिफारिस गरिएका उम्मेदवारहरू:
१. भरत गिरी – खस आर्य पुरुष (महोत्तरी)
२. ताहिर अली – मुस्लिम पुरुष (रुपन्देही)
३. खुश्बु ओली – खस आर्य महिला (झापा)
४. सरस्वती लामा – जनजाति महिला (धादिङ)


