Monday, March 16, 2026
Home > मुख्य समाचार > पेट्रोल १५ र डिजल–मट्टीतेल १० रुपैयाँ महँगियो

पेट्रोल १५ र डिजल–मट्टीतेल १० रुपैयाँ महँगियो

काठमाडौं । नेपाल आयल निगम ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमका अनुसार पेट्रोलमा १५ रुपैयाँ र डिजल–मट्टीतेलमा १० रुपैयाँ बढाइएको हो। नयाँ मूल्य राति १२ बजेदेखि लागू हुने जनाइएको छ।

अब तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल मा पेट्रोल १७२ र डिजल–मट्टीतेल १५२ रुपैयाँ पुगेको छ। पहिलो वर्गका सहरमा पेट्रोल १६९ रुपैयाँ ५० पैसा र डिजल–मट्टीतेल १४९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा देखिएको इरान–इजरायल तनाव का कारण मूल्य बढाउनुपरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *