Monday, March 16, 2026
Home > राष्ट्रिय समाचार > ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादमा आयोगको उद्योगीको माग नपुग्ने निर्णय

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महसुल विवादमा आयोगको उद्योगीको माग नपुग्ने निर्णय

काठमाडौं — विद्युत् नियमन आयोग ले डेडिकेटेड र ट्रंक लाइन महसुल विवादमा उद्योगीको मागदाबी नपुग्ने निर्णय गरेको छ। आयोगले पञ्चकन्या प्लास्टिक र पञ्चकन्या स्टिलका आवेदन सुनुवाइ गर्दै यस्तो निष्कर्ष निकालेको हो।

प्राधिकरणका अनुसार पञ्चकन्या प्लास्टिकले रु २४ लाख ६३ हजार र पञ्चकन्या स्टिलले रु ५२ लाख ११ हजार बक्यौता महसुल तिर्न बाँकी छ। आयोगको निर्णयपछि प्राधिकरणलाई थप महसुल उठाउने मार्ग खुलेको छ। चित्त नबुझे व्यवसायी अदालतमा जाने अधिकार राख्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *