Tuesday, March 17, 2026
Home > विराटनगर समाचार > सिटिजन्स बैंकमा ५ करोड घोटला, ५ कर्मचारी निलम्बन, प्रहरीमा उजुरी

सिटिजन्स बैंकमा ५ करोड घोटला, ५ कर्मचारी निलम्बन, प्रहरीमा उजुरी

विराटनगर, २ चैत – कञ्चनबारी स्थित सिटिजन्स बैंकमा ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। आन्तरिक लेखा परीक्षणमा फिक्स डिपोजिट रकमलाई धितो राखेर नक्कली कर्जा फाइल तयार गरेर रकम हिनामिना गरिएको पाइएको हो। बैंक प्रशासनले ५ कर्मचारीलाई निलम्बन गर्दै प्रहरीमा उजुरी दिएको छ। प्रहरी अहिले छानबिनमा जुटेको छ र घोटालामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *