Monday, March 16, 2026
Home > मुख्य समाचार > अन्तर्राष्ट्रिय मिडियामा ‘बालेन इफेक्ट’ चर्चा

अन्तर्राष्ट्रिय मिडियामा ‘बालेन इफेक्ट’ चर्चा

काठमाडौं – बालेन्द्र शाहको राजनीतिक उदयलाई अन्तर्राष्ट्रिय मिडियाले ‘बालेन इफेक्ट’ भन्दै व्यापक चर्चा गरेका छन्। बीबीसी, अल जजिरा, न्युयोर्क टाइम्स र रोयटर्स लगायतका सञ्चारमाध्यमले उनको विजयलाई ‘राजनीतिक पराकम्प’ र ‘इलेक्सन शक’ का रूपमा वर्णन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको ऐतिहासिक जितलाई विश्लेषकहरूले युवा पुस्ताको परिवर्तन चाहना र भ्रष्टाचारविरुद्धको कडा सन्देशका रूपमा व्याख्या गरेका छन्। डिजिटल अभियान र सामाजिक सञ्जालमार्फत मतदातासँग सिधा संवाद गरेका कारण बालेनलाई ‘अल्गोरिदमले जन्माएको नेता’ समेत भनिएको छ।

अन्तर्राष्ट्रिय मिडियाले उनको उदयलाई नेपालमा नयाँ राजनीतिक युगको सुरुवातका रूपमा पनि चर्चा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *