Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > समानुपातिक उम्मेदवारलाई बुधबार प्रमाणपत्र वितरण

समानुपातिक उम्मेदवारलाई बुधबार प्रमाणपत्र वितरण

काठमाडौँ — निर्वाचन आयोगले चैत ५ गते बिहान ११:३० बजे समानुपातिक प्रणालीबाट निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्नेछ।

निर्वाचन अधिकृत कृष्णबहादुर राउत का अनुसार आयोग परिसरमा प्रमाणपत्र वितरण हुने छ। उम्मेदवारले सक्कल नागरिकता वा राष्ट्रिय परिचयपत्र र दुई प्रति पासपोर्ट साइजको फोटो बुझाउनु पर्नेछ।

समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेस २०, एमाले १६, नेकपा ९, श्रम संस्कृति पार्टी ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी ४ सिट जितेको छ। प्रमाणपत्र वितरणपछि निर्वाचन प्रक्रिया पूर्ण हुने आयोगले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *