विराटनगर — मोरङको बुढीगंगा स्थित मनमोहन विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ केही प्रति जलाइएको विषयमा चिनियाँ दूतावासले गम्भीर चासो व्यक्त गर्दै कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्र पठाएको छ।
विश्वविद्यालयका उपकुलपति सुभाषश्री पोखरेलका अनुसार, जलाइएका किताबहरू बिग्रिएका र पानीले भिजेका मात्र हुन्; नियतवश जलाइएको होइन। प्रशासनले विश्वविद्यालयलाई २४ घण्टाभित्र विस्तृत रिपोर्ट पेश गर्न निर्देशन दिएको छ।


