Wednesday, March 18, 2026
Home > आर्थिक समाचार > लक्ष्मी सनराइज बैंकद्वारा रंगेलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

लक्ष्मी सनराइज बैंकद्वारा रंगेलीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


चैत्र ३ मंगलवार
लक्ष्मी सनराइज बैंकले मोरङको रंगेलीस्थित श्री पब्लिक माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गर्दै एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
OECD को संयोजनमा विश्वभर मनाइने ग्लोबल मनी वीकको अवसरमा नेपालमा नेपाल राष्ट्र बैंकको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, बचत गर्ने बानी, लगानीको महत्व, डिजिटल बैंकिङ तथा वित्तीय अनुशासन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै बैंकका शाखा प्रमुखले वित्तीय साक्षरता अभिवृद्धि गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै यस्तो कार्यक्रम विश्वका १७६ देशमा सञ्चालन भइरहेको जानकारी दिए। उनले युवा पुस्तालाई सुरुदेखि नै वित्तीय रूपमा सचेत बनाउनु आवश्यक रहेको पनि बताए।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीहरूको ज्ञान र सीप विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रममा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
यस प्रकारका कार्यक्रमहरूले भविष्यका आर्थिक रूपमा सक्षम नागरिक तयार पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *