रामेछाप — सोमबार साँझ आएको हावाहुरी, वर्षा र चट्याङका कारण जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। खिम्ती र सिन्धुलीबाट मन्थली सब–स्टेसनमा आउने दुवै ३३ केभी प्रसारण लाइन अवरुद्ध भएपछि विद्युत् आपूर्ति रोकिएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार कर्मचारीहरू फिल्डमा छिटो सेवा पुनः सञ्चालनका लागि निरीक्षण गरिरहेका छन्। हावाहुरी र चट्याङले घरको मिटर वा वायरिङमा क्षति पुर्याएको आशंका भएमा उपभोक्ताले मेन स्विच बन्द गरेर सुरक्षित रहनुपर्ने चेतावनी दिइएको छ।


